बिहिबार, बैशाख १३, २०८१

व्यवसायिक सुरक्षाका लागि महासंघको अवधारणा कार्यान्वयन गर्नुको विकल्प छैन : अध्यक्ष वास्कोटा

पोखरा फागुन २८,

औषधिका थोक व्यवसायीहरुको साझा संस्था नेपाल औषधी थोक व्यवसायी संघ गण्डकी प्रदेशको दोस्रो प्रदोशिक अघिवेशन आज एक विशेष कार्यक्रमकावीच सम्पन्न भएको छ ।  संघका केन्द्रीय अध्यक्ष शिवराज वास्कोटाको प्रमुख आतिथ्यता एवम् संघका प्रादेशिक अध्यक्ष रुद्रनारायण मल्लको सभापतित्वमा सम्पन्न भएको हो ।

मुलुकको पछिल्लो परिवर्तित प्रादेशीक शासकीय संरचना अनुरुप सातै वटै प्रदेशमा प्रादेशिक संसचना विस्तार रहेको थोक औषधि व्यवसायी संघ मुलत देशका तमाम थोक औषधि व्यवसायीहरुको व्यवसायिक सुरक्षा, हकहित एवम पुजी सुरक्षाको प्रत्याभुतिको लागी साझा संस्थाको प्रारुपमा अस्तित्वमा आएको हो ।

अधिवेशनको उद्घाटन सत्रलाइ सम्बोधन गर्दै संघका केन्द्रीय अध्यक्ष बास्कोटाले संघको आवश्यकता र औचित्य समयानुकुल पुष्टि भएसंगै मुलकको ७ वटै प्रदेशमा संरचना विकास भएको र यसरी विकास भएको संस्थाले पछिल्लो समय समग्रमा सम्पूर्ण थोक औषधि व्ययवसायीहरुको सर्वपक्षिय कल्याणका लागि अविराम क्रियाशील रहेको बताउनुभयो ।

त्यस्तै उहाँले औषधि व्यवसायीहरुको व्यवसायिक सुरक्षासंगै लगानीको शुनिश्चितताका लागि अवका दिनमा महासंघको अवधारणा कार्यान्वयन गर्नुका विकल्प नभएको भन्दै यसको लागि विभाजन भन्दा गोलवद्धताको आवश्यता रहेको र यसको लागि सरोकारवाला संघ संस्थासंग कार्यगत एकताको खाका बनाउने सम्मको कार्य सम्पादन भइसकेको बताउनुभयो । साथै यसको लागि संघको प्रादेृश अधिवेशन सकेलगत्तै हुने राट्रिय महाधिवेशनले आवश्यक कार्यतर्जुमा गर्दै नितिगत निर्णय गर्ने तयारी रहेको बताउनुभयो ।

त्यस्तै संस्थाका उपाध्यक्ष काशिनाथ काफ्लेको स्वागत अभिव्यक्तिबाट शुभारम्भ भएको उद्घाटसत्रमा एनएमएसआरए पोखार युनिटका सचिव राजन घिमिरे , पिनका गण्डी प्रदेशका कोषाध्यक्ष , फार्मेसी संघका अध्यक्ष विन्दु मल्ल ,संघका कर्णाली प्रदेशका अध्यक्ष  सुन्दर आचार्य ,मधेस प्रदेशका अध्यक्ष प्रमोद अग्रवाल , लुम्बिनी प्रदेशका अध्यक्ष शालिकराम आचार्य लगायतले अधिवेशनको सफलताको शुभकामना सहित पेशागत क्षेत्रमा विद्यमान अवसर र चुनातीको चर्चा गर्नुभएको थियो ।

त्यस्तै कार्यक्रमका सभापति एवम गण्डकी प्रदेशका अध्यक्ष रुद्धनारायण मल्लले औषधि व्यवसायलाइ मर्यादित र जनउत्तरदायि बनाउन केन्द्रीय समितिले अघि सारेको महासंघको अवधारणा प्रति एैकेवद्धता व्यक्त गर्दै गण्डकी प्रदेशको तर्फबाट यसको लागि आवश्यक सवै सहयोग गर्न तयार रहेको बताउनुभयो ।

संघका महासचिव गोपाल अधिकारीले संघका आगामी नेतृत्वको लागि आजै हुँने निर्वाचनले नयाँ प्रादेशिक समिति समेत निर्वाचित गर्ने र त्यसका लागि हाम्रो भन्दा राम्रो नेतृत्व चयन गर्नकै लागि जारी बन्दसत्रमा घनिभुत छलफल भइरहेको जानकारी दिनुभयो ।