बिहिबार, बैशाख २०, २०८१

८८ जनामा कोभिड सङ्क्रमण ,१ को मृत्यु , ३७६ जना सङ्क्रमणमुक्त

काठमाडौं फागुन २३,

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा पीसीआर र एन्टिजेन गरेर ८८ जनामा कोभिड सङ्क्रमण पुष्टि भएको जनाएको छ ।
मन्त्रालयका अनुसार छ हजार १४५ जनाको पीसीआर परीक्षण गर्दा ६६ जनामा र २ हजार ४९३ जनाको एन्टिजेन परीक्षण गर्दा २२ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

त्यस्तै यसवीचमा ३७६ जना सङ्क्रमणमुक्त भएका छन् भने सङ्क्रमणका कारण थप एक जनाको मृत्यु भएको छ । योसँगै मुलुकमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ९४८ पुगेको छ । त्यस्तै पछिल्लो समय नेपालमा छ हजार १५० जना सक्रिय सङ्क्रमित रहेको मन्त्रालयले जनाएको छ ।