शुक्रबार, चैत्र १६, २०८०

प्रचण्डको छोरी र ज्वाई सहित ९७ जना केन्द्रीय सदस्यको सूची अनुमोदन

काठमाडौं फागुन २३,
सत्तासाझेदार दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीको जारी केन्द्रीय समितिको बैठकमा प्रस्ताव गरेको ९७ जना केन्द्रीय सदस्यको सूची अनुमोदन भएका छन । अनुमोदित सूचीमा अध्यक्ष प्रचण्डका छोरी र ज्वाई नै पार्टी केन्द्रीय कमिटी सदस्य बनेका छन् । सम्वद्ध स्रोतबाट पप्त जानकारी अनुसार छोरी गंगा खस आर्य महिला तथा गंगाका पति जीवन आचार्य खस आर्य युवाबाट केन्द्रीय सदस्यका लागि अनुमोदन भएको थाहा भएको छ।

त्यस्तै अन्य केन्द्रीय सदस्यको सूचीमा खस आर्य महिला तर्फबाट भेषकुमारी रावत, भवानी थापा , कञ्चन खनाल, गंगा दाहाल, कमल नहकी, करूणा बस्नेत, सीता आचार्य रहेका छन । त्यस्तै जनजाति पुरुषतर्फ देवेन्द्र श्रेष्ठ, क्षेत्रबहादुर श्रेष्ठ, कुशल लिम्बू, दीर्घ श्रेष्ठ, धनबहादुर मास्की, दिनेश महर्जन,राजकाजी महर्जन,रञ्जित तामाङ,सत्यनारायण शेरचन,भीमकुमारी बाड्खा रहेका छन ।

जनजाति महिलातर्फ पार्वती पुन ,धनकुमारी रोका, दिलमाया रोका,दुर्गा राई,सिर्जना तरामु रहेका छन भने मधेस थारू पुरुषतर्फ विजय महतो, बिनिता थारू रहेका छन ।

त्यस्तै खस आर्य युवातर्फ जीवन आचार्य,सुमन देवकोटा,सुदीप कुँवर,मेश मल्ल,खिलप्रसाद बुढाथोकी रहेका छन भने गैरभौगोलिककोकेन्द्रीय सदस्यमा लिकराज भण्डारी, सुरेन्द्र बस्नेत,दीपक देवकोटा,उत्तम अधिकारी,विजय गौतम,प्रकाश विकल्प,विमल अधिकारी, डा।भरत लामिछाने रहेका छन ।

त्यस्तै केन्द्रीय प्रतिनिधितर्फ बाबुराम गौतम, जनजाति पुरुषतर्फ सूर्यमान दोङ, खसआर्य पुरुष –इन्द्र गोतामे ,पारसमणि,शैलेन्द्र घिमिरे, जनजाति पुरुष– कपिल लामा, खसआर्य पुरुषतर्फ गोविन्द पौडेल,दीपक कोइराला,कमल चुडाली,नारायण अधिकारी,गगन बहादुर खड्का,मंगलबहादुर शाही,कर्णबहादुर बस्नेत र खस आर्य पुरुष युवातर्फ झपट साउद,सिव सिंह ओली,रत्न ढकाल र
नरेन्द्र न्यौपाने रहेका छन ।

प्रस्तावित केन्द्रीय प्रतिनिधि तर्फ खस आर्य पुरुषतर्फ विष्णु सापकोटा,हरि ज्ञवाली,टेकेन्द्र भट्ट,गोपाल शर्मा,खोपबहादुर कँडेल,झलक सिंह, डीपी ढकाल,जनजाति पुरुष– कालीबहादुर मगर,खस आर्य महिलातर्फ सुनिता गौतम,सावित्री बुढाथोकी,सरस्वती न्यौपाने कृष्णा केसी, खस आर्य पुरुषतर्फ  रामनारायण बिडारी रहेका छन ।

त्यस्तै गरि दलित पुरुषतर्फ– शंकर दुलाल,ठाकुर बिक,टेकबहादुर मिजार,रणेन्द्र बराइली,कर्णबहादुर बिक,रामलाल बिकर दलित महिला– अनिता परियार, दलित महिला– युवा सपना परियार र मुस्लिम पुरुष– अतर हुसेन,रजि हैदर,कोहिद अन्सारी,इश्रार खान रहेका छन ।

मुस्लिम महिलातर्फ शेख चाँद तारा र मधेसी पुरुष तर्फ सूर्यनाथ यादव।अशोक जयशवाल,सत्य नारायण भगत,दिलीप शाह,उमेशकुमार यादव, रामसिंह यादव, राधेश्याम पासवान, शिवराम यादव रहेका छन । मधेसी महिला तर्फ निशा साह, इन्धु शर्मा, तारा महतो, रूबी कर्ण, सुनिता महतो दुलारी हरिजन र सोनिया यादव रहेकी छिन ।