मङ्लबार, बैशाख १८, २०८१

प्रचण्डले एमसीसी अनुमोदन प्रसंग केन्द्रीत हुँदै पत्रकार सम्मेलन गर्दै

काठमाडौ फागुन १६,
सत्तासाझेदार दल नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले सोमबार पत्रकार सम्मेलन गर्ने भएका छन् । आइतवार प्रतिनिधिसभा बैठकले व्याख्यात्मक घोषणा सहित एमसीसी अनुमोदन गरेसंगै उक्त अनुमोदनमा माओवादी केन्द्रको उपस्थित प्रति पार्टी भित्र देखिएको विरोधाभासको सम्बेधनका लागि सकस अवस्थामा रहेका अध्यक्ष प्रचण्डले दिउँसो ३ बजे खुमलटारस्थित निवासमै पत्रकार सम्मेलनको आयोजना गर्न लागेको हो ।

स्मरण रहोस,  आइतबार बसेको पार्टीको केन्द्रीय कार्यालयको विस्तारित बैठकले एमसीसी स्वीकार गर्ने निर्णय गर्दा पार्टीका नेता नारायणकाजी श्रेष्ठसहितका आधा दर्जन नेताहरुले चर्को असन्तुष्टि जनाउँदै पार्टी नेतृत्वको आलोचना गर्दै गर्दाका अवस्थामा हुन लागेको पत्रकार सम्मेलन मार्फत अध्यक्ष प्रचण्डले नयाँ विषयको खुलासा गर्ने तयारी रहेको प्रचण्डको सचिवालयले जनाएको छ ।
छन् ।