मङ्लबार, बैशाख १८, २०८१

देशभर कोभिड संक्रमितको सख्या ९० हजार नाघ्यो

काठमाडौं माघ १२ ,
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा देशभर ८ हजार ४५४ जनामा कोभिड पुष्टि भएको जनाएको छ । सोही अवधिमा ५ जनाको मृत्यु भएको जनाएको छ। देशभरका विभिन्न प्रयोगशालामा १३ हजार ५४९ जनामा पीसीआर परीक्षणको क्रममा ५ हजार ५७१ जना र छ हजार ८१० जनामा एन्टीजेन परीक्षणको क्रममा २ हजार ८८३ गरि उल्लेखित संख्यामा सङ्क्रमित पुष्टि भएको हो ।

त्यस्तै यसवीचमा ४ हजार ४३३ जना कोभिड मुक्तभएका छन भने ९० हजार ६७ जना सक्रिय सङ्क्रमित रहेको मन्त्रालयले जाएको छ। त्यस्तै पछिल्लो २४ घण्टामा दुई लाख ५६ हजार ४१६ जनालेकोभिड विरुद्धको खोप लगाएको मन्त्रालयले जनाएको छ।