बिहिबार, बैशाख २०, २०८१

स्रोत नखुलेको नगद ५० लाख रुपैयाँ सहित सौर्य एयरलाइन्सका कर्मचारी पक्राउ

काठमाडौं पुस १८,
त्रिभुवन विमानस्थल सुरक्षा कार्यालय गौचरबाट खटिएको प्रहरीले बिराटनगरबाट काठमाडौं जान लागेको सौर्य एयरलाईन्सको जहाजबाट काठमाडौं महानगरपालिका ९ सिनामंगलस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट स्रोत नखुलेको नगद ५० लाख रुपैयाँ सहित मोरङ विराटनगर महानगरपालिका ४ घर भएकी ३३ वर्षीया रेशा शाक्य पोखरेललाई पक्राउ गरेको छ ।

बिराटनगरबाट काठमाडौं जान लागेको सौर्य एयरलाईन्सको जहाजमा सोही एयरलाईन्सका बिराटनगर स्टेसन ईन्चार्ज प्रकाश पौडेलले सुरक्षा जाँच समेत नगरी झोला राखेको भन्ने सूचनाको आधारमा प्रहरीले चेकजाँच गर्नेक्रममाा एयरलाइन्स काठमाडौंमा एसिसटेन्टको रुपमा कार्यरत पोखरेललाई श्रोत नखुलेको तथा भन्सार उदघोष समेत नगरेको १ हजार दरको ४ हजार ९ सय ५० थान र ५ सय दरको १ सय थान गरी जम्मा ५० लाख रुपैयाँ सहित पक्राउ गरेको प्रहरीले जनाएकोछ ।

वरामद नगद सहित पोखरेललाई आवश्यक कारवाहीका लागि राजश्व अनुसन्धान विभाग हरिहरभवन ललितपुर पठाइएको समेत प्रहरीले जनाएको छ ।