शुक्रबार, चैत्र १६, २०८०

सोमबार काँग्रेसको केन्द्रीय समितिको बैठक बस्दै

थप ३ जना काँग्रेस केन्द्रीय सदस्यमा मनोनित

काठमाडौं पुस १८,
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको विधानत व्ययवस्था अनुरुप आज थप ३ जनालाइ जनालाई केन्द्रीय समितिमा मनोनीत गरेका छन् । कांग्रेस पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार सभापति देउवाले केन्द्रीय सदस्यमा मनोनित गरेका नेताहरुमा क्रमस जीवनबहादुर शाही,  प्रदीप पौडेल र  कल्याणकुमार गुरुङ रहेको जनाएको छ । गुरुङ  काँग्रेस सभापतिमा र पौडेल महामन्त्रीमा पराजित भएको थियो ।    कर्णली प्रदेशका मुख्यमत्री समेत रहेका शाही पनि महाधिवेशनमा पराजित भएका थिए ।

यसअघि शनिवार सभापति देउवाले रामचन्द्र पौडेल, विमलेन्द्र निधि, विजयकुमार गच्छदार, प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, डा. प्रकाशशरण महत, डा। नारायण खड्का, सुजाता कोइराला, उमा रेग्मी र मीनबहादुर विश्वकर्मालाई केन्द्रीय सदस्य मनोनीत गर्नुभएको थियो ।

यसैवीच नेपाली काँग्रेसको केन्द्रीय कार्यसमिति बैठक सोमबार बस्ने भएको छ । पार्टी केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जारी गर्नुभएको विज्ञप्तिमा सोमबार पार्टी केन्द्रीय कार्यालय सानेपामा १४ महाधिवेशन पछि पार्टीके दोस्रो केन्द्रीय समितिको बैठक बस्ने तय भएको उल्लेख गरिएको छ। त्यस्ते बैठकमा केन्द्रीय समितिका पदाधिकारी र केन्द्रीय सदस्यलाई उपस्थित हुन अनुरोध समेत गरेको छ।