आइतवार, बैशाख २३, २०८१

प्रावि तहमा १३ हजार ९३ शिक्षकका लागि दरखास्त आह्वान

काठमाडौ पुस १४,
शिक्षक सेवा आयोगले प्राथमिक तहमा १३ हजार ९३ शिक्षकका लागि दरखास्त आह्वान गरेको छ । आयोगले सातवटै प्रदेशमा खुला, समावेशी सिट छुट्याएर प्रावि तृतीय तहका लागि बुधबार सबैभन्दा बढी कोटा खुलामा ७ हजार २०३ विज्ञापन आह्वान गरेको हो ।

आयोगले आव्हान गरेको विज्ञापन अनुसार योग्यता पुगेका नेपाली नागरिकले १३ माघसम्म नियमित र २० गतेसम्म दोब्बर दस्तुर तिरेर दरखास्त दिन सक्ने जनाएको छ । दरखास्त अनलाइनमार्फत् बुझाउन सकिने छ । आयोगले निमावि र मावि तहका लागि भने यसअघि नै विज्ञापन आह्वान गरिसकेको छ । ​

 ​