शुक्रबार, चैत्र १६, २०८०

राजधानीको वालाजुमा युवतीको ग्याङ्ग रेप गर्ने ९ मध्ये सातजना वलात्कारी पक्राउ

काठमाडौ पुस १४,
काठमाडौंको नयाँ बसपार्कमा युवतीको ग्याङ्ग रेप  गर्ने ९ मध्ये सातजना बलात्कारीलाइ प्रहरीले पक्राउ गरेको छ। पीडित युवतीले महानगरीय प्रहरी वृत्त बालाजुमा जाहेरी दिएसंगै सामुहिक बलात्कारको प्रस्तुत घटना सार्वजनिक भएको हो ।

प्रहरीका अनुसार नयाँ बसपार्क मित्रनगरस्थित एक होटलमा अन्दाजी ३४ वर्षकी युवतीलाइ पुस १२ गते राती ८ बजेदेखि पुस १३ गते बिहान १० बजेसम्म १४ घण्टा बन्धक बनाएर नौजना युवाले सामुहिक बलात्कार गरेको जनाउँदै पिडितको जाहेरीपछि प्रहरीले तत्काल घटनाको अनुसन्धान गर्ने क्रममा क्लोज सर्किट क्यामराको सहयोगमा आरोपीहरुमध्ये ७ जनालाई नियन्त्रणमा लिदै घटनाको थप अनुसन्धान गरिरहेको जनाएको छ।

त्यस्तै प्रहरीले पक्राउ गरेको बलातरी युवाहरुमध्ये रारा नगरपालिकाका हिक्मत नेपाली , रतन नेपाली, सुरेश सेजुवाल, दिपक नेपाली, शिवहरी बुढा, युवराज बडुवाल र गोपाल कुमार शिरीष रहेको जनाउदै घटनामा संलग्न रहेर पहिचान खुलेका मुगुका हस्त नेपाली र चन्द्र साँउद भने फरार रहेको जनाएको छ।