शनिबार, बैशाख ८, २०८१

वर्षा र बदलीसंगै उपत्यकामा चिसो ह्वात्तै बढ्यो चन्द्रागिरी, फूल्चोकीमा हिमपात

काठमाडौ पुस १४,
जल तथा मौसम पूर्वानुमान महाशाखाले न्यून चापीय प्रणाली देशैभर सक्रिय भएसंगै काठमाडौं उपत्यकासहित मुलुकका अधिकांश स्थानमा गएरातीदेखि वर्षा भइरहेको जनाएको छ । वर्षा बदलीसंगै काठकाडौं उपत्यकामा चिसो ह्वात्तै बढेको छ भने जनजीवन कथाङ्गग्रीएको छ ।

त्यस्तै  महाशाखाले उपत्यकाको चन्द्रगिरी,फुलचोकी,शिवपुरी नागार्जुन डाडामा हिउँ पर्नुको अलावा उपत्यका वाहिर उच्च पहाडी तथा हिमाली भूभागमा हिमपात भइरहेको जनाएको छ ।

यसअघिनै महाशाखाले आज सम्म न्यून चापीय प्रणाली देश भर पूर्ण सक्रिय हुने अग्रमी सूचना दिएको थियो । जसनुसार मंगलवार र बुधवार दिउँसो पनि देशैभरको मौसम प्रतिकूल रहने जनाएको छ।

यद्यपी महाशाखाले बिहीबारबाट भने मौसममा केही सुधार आउने संभावना औल्याउँएपनि पुन शुक्रबार बाग्मतप् प्रदेश र गण्डकी र प्रदेशमा भने वर्ष बदली र हिमवातको संभावना रहेको जनाएको छ।