मङ्लबार, बैशाख १८, २०८१

काँग्रेस केन्द्रीय महाधिवेशन: खुला महिला, महिला मधेसी र खुला मधेसीको मतगणना हुँदै

काठमाडौ पुस ५,
नेपाली काँग्रेसको १४ औं केन्द्रीय महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य महिला खुलातर्फको मतगणना संगै आजबाट खुला महिलाको चार र महिला मधेसी खुला तर्फको को तीन समूहमा मतगणना जारी रहेको काँग्रेस केन्द्रीय निर्वाचन समितिले जनाएको छ।

समितिका अनुसार काँग्रेसको खुला महिलातर्फ ९ सदस्य पदका लागि ३० प्रतिस्पर्धी हुनुहुन्छ । यसैगरी महिला मधेसीतर्फ चार पदका लागि किरण यादव, , नगिना यादव , मञ्जुकरमारी यादव, मिनाक्षी झा र मुक्ता कुमारी यादव गरि ५ जना प्रतिस्पर्धीमा रहेका छन ।

त्यस्तै काँग्रेस केन्द्रीय सदस्य मधेसी खुला ५ पदका लागि अजय कुमार चौरासिया , अजय कुमार द्दिवेदी , प्राडा अञ्जनीकुमार झा ,डा चन्द्रमोहन यादव, महेन्द्रकुमार राए लगायतका २३ जना उम्मेदवारवीच प्रतिस्पर्धा हरको छ ।