बिहिबार, बैशाख २०, २०८१

२७४ जनामा संक्रमण पुष्टि हुँदै गर्दा २७० जना संक्रमित डिस्चार्ज , ३को मृत्यु

काठमाडौं पुस २,
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा थप २ सय ७४ जनामा कोभिड संक्रमण पुष्टि भएको जनाएको छ। देशभर गरिएको ७ हजार ६९१ पीसीआर परीक्षणका क्रममा २६९ र १ हजार ३२५ जनाको एन्टीजेन परीक्षणको क्रममा २४ जना गरि कुल २७४ जनामा संक्रमण पुष्टि भएको हो ।

त्यस्तै मन्त्रालयले यसवीचमा २७० जना संक्रमित निको भएको जनाउनुको अलावा यहि अवधिमा ३ जना संक्रमितको मृत्यु भएको जनाएको छ। साथै पछिल्लो समय आज पुष्टि भएको मृतकसंगै कुल मृतकको संख्या ११ हजार ५७० पुगेको छ। त्यस्तै प्राप्त पछिल्लो डेटा अनुसार १०४ जनाको आइसीयू र २५ जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ।