शनिबार, बैशाख ८, २०८१

काँग्रेस पदाधिकारीहरुको मतगणना सकिएसँगै आजबाट केन्द्रीय सदस्यहरुको मतगणना शुरु

काठमाडौं पुस २,
नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत पदाधिकारीहरुको मतगणना सकिएसँगै आजबाट केन्द्रीय सदस्यहरुको मतगणना शुरु भएको छ। आज केन्द्रीय पदाधिकारी अन्र्तगत सहमहामन्त्रीहरुको मतगणना सकिएसँगै केन्द्रीय सदस्यहरुको मतगणना शुरु गरिएको हो ।

काँग्रेस केन्द्रीय निर्वाचन समितिका अनुसार आज केन्द्रीयको मत मतगणना अन्र्तगत प्रदेश २ को खुलातर्फका केन्द्ीय सदस्यमा आनन्दप्रसाद ढुङ्गाना र रमेश रिजाल निर्विरोध भइसकेका कारण बाँकी महिलातर्फको मतगणना गर्ने तयारी भएको थाहा भएको छ।

त्यस्तैगरि केन्द्रीय निर्वाचन समितिले आजै अल्पसंख्यकसमूहो मतगणना संगै मधेसी महिला, मधेसी खुला, मुस्लिम महिला र मुस्लिम खुलातर्फको गणना हुने जनाएको छ ।