शुक्रबार, बैशाख २१, २०८१

महानगरले निमोनियाको निःशुल्क खोपसहित २७ औँ महानगर दिवस मनाउने

काठमाडौँ मंसिर २१,
सेवाग्राही सर्वेक्षण, जेष्ठ नागरिकलाई निमोनियाको निःशुल्क खोप तथा स्वास्थ्य शिविर, विशेष सरसफाई, खेलकुद र सांस्कृतिक कार्यक्रमसहित काठमाडौँले मंसिर २७, २८ र २९ गते २७ र्औँ महानगर दिवस मनाउने भएको छ । मंसिर २० गते महानगरका प्रमुख एवं २७ औँ महानगर दिवस मुल समारोह समितिका अध्यक्ष विद्यासुन्दर शाक्यको अध्यक्षतामा बसेको बैठले यस्तो निर्णय गरेको हो ।

यस अवसरमा ४० वटा वुथबाट सर्वेक्षण गरिनेछ । यसमा सहभागी हुनेहरुलाई निःशुल्क १० वटा मास्क दिइनेछ । यसैगरी १० वटा वुथबाट कोविडविरुद्धको खोप सञ्चालन गरिनेछ । यसैगरी विद्यालय स्तरमा ‘सांस्कृतिक सहर, काठमाडौँ महानगर’ शीर्षकमा वक्तृत्वकला प्रतियोगिता हुनेछ ।

कोभिड संक्रमणको दर हेरेर कार्यक्रम हेरफेर हुन सक्छन् । अवस्था सामान्य रहिरह्यो भने दिवसका कार्यक्रमलाई महानगरबासीकाविचमा चल्नेछन् । बैठकका अध्यक्ष शाक्यले भन्नुभयो, ‘महानगर दिवस नागरिकले अपनत्व बोध गर्ने खालका बनाइनेछन् । नागरिकका विचमा बसेर दिवस मनाउने प्रबन्ध गरिनेछ ।’ ३ दिने कार्यक्रमको अन्तिम दिन २९ गते बसन्तपुरमा मुल समारोह आयोजना हुनेछ । त्यस दिन परम्परागत बाजा गुरु, कलाकार सम्मान, सुशासन पत्रकारिता पुरस्कार तथा अन्य क्षेत्रगत पुरस्कारहरु वितरण हुनेछन् । उपप्रमुख, प्रमुख प्रशासकिय अधिकृतसहित कार्यपालिका सदस्यहरु मूल समारोह समितिको सदस्य हुनुहुन्छ ।