शुक्रबार, बैशाख १४, २०८१

राष्ट्रियसभा सदस्य निर्वाचन कार्यतालिका स्वीकृत, निर्वाचनमा भाग लिने दललाई पुस १० गतेसम्म दल दर्ता गर्न आव्हान

काठमाडौं मंसिर २१ ,
निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनका लागि निर्वाचन कार्यतालिका र निर्वाचन कार्यक्रम स्वीकृत गर्नुको अलवा निर्वाचनमा भाग लिन चाहने दललाई पुस १ देखि १० गतेसम्म दल दर्ता गर्ने समयसिमा तोकेको छ । आयोगले सार्वजनिक गरेको स्वीकृत कार्यतालिका अनुसार आगामी पुस २० गते उम्मेदवारी दर्ता र उम्मेदवारी माथिको दाबी विरोधको उजुरी २१ गतेका लागि तोकिएको उल्लेख गरिएको छ।

त्यस्तै पुस २३ गते उजुरीमाथि छानबिन गर्ने, २४ गते उम्मेदवारले नाम फिर्ता लिने र २५ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने कार्यसूची रहेको आयोगका प्रवक्ता शालिकराम शर्मा पौडेलले आज जारी विज्ञप्तिमा उल्लेख गरिएको छ। साथै विज्ञप्तिमा पुस २४ मानै उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने र माघ १२ गते बिहान ९ देखि ३ बजेसम्म मतदान हुने आयोगले जनाएको छ ।