शनिबार, बैशाख ८, २०८१

पछिल्लो २४ घण्टामा ३१५ जना कोभिड संक्रमित थपिए, २ को मृत्यु

काठमाडौं उपत्यकाका मात्रै १२२ जना संक्रमित

काठमाडौं मंसिर २१ ,
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा ३१५ जना कोभिड संक्रमित थपिएको जनाएको छ । मन्त्रालयका अनुसार देशभर गरिएको ९ हजार ३८६ पीसीआर र २ हजार ४२४ जनाको एन्टीजेन परीक्षणको क्रममा उल्लेखित सख्यामा संक्रमितको पहिचान भएको हो।

त्यस्तै मन्त्रालयले नेपालमा पछिल्लो समय ६ हजार ३५२ जना सक्रिय संक्रमण रहेको जानकारी दिदै यसवीचमा ३ सय चार जना संक्रमित संक्रमण मुक्त भएको जनाएको छ। साथै यहि अवधिमा २ जना संक्रमितको मृत्यु भएसंगै संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ५४५ पुगेको जानकारी दिदै संक्रमित मध्ये १२३ जनाको आइसीयू र ३० जनाको भेन्टिलेटरमा रहेको उपचार भइरहेको जनाएको छ ।

त्यस्तै नयाँ पहिचान भएका संक्रमित मध्ये काठमाडौं उपत्यकाका मात्रै १२२ जना रहेको र यसमध्ये काठमाडौंका ८३, ललितपुरका ३१ र भक्तपुरका ९ जना रहेको मन्त्रालयले जनाएको छ ।