आइतवार, बैशाख २३, २०८१

कांग्रेस बागमती प्रदेश सभापतिमा संस्थापन पक्षका बानियाँ निर्वाचित

काठमाडौं मंसिर १९,

नेपाली कांग्रेस बागमती प्रदेश सभापति पदका लागि आज भएको दोस्रो चरणको निर्वाचनमा सभापति पदका उम्मेदवार इन्द्र बानियाँले १०८५ मत प्राप्त गर्दैगर्दा निकटम प्रतिस्प्रर्धी जगदिश्वर नरसिंह केसीले ९२७ प्राप्त गर्नुभएको छ।

बागमती प्रदेश सभापति पदका लागि शनिवार भएको निर्वाचनमा प्रदेश सभापतिका लागि चुनावी मैदानमा रहेका तीन जना उम्मेदवार क्रमस भीमसेन दास प्रधान, जगदिश्वर नरसिंह केसी र इन्द्र बानियाँले मध्ये कसैको पनि ५१ प्रतिशत मत क्रस गर्न नसकेसंगै आज पुनः पहिलो र दोस्रो मत प्राप्त गर्ने दुइ उम्मेदवार बाँनिया र केसी वीच प्रतिस्प्रर्धा भएको हो ।