शुक्रबार, चैत्र १६, २०८०

काँग्रेस प्रदेश अधिवेशन : ७ प्रदेश मध्ये ६ प्रदेश- संस्थापन र इतर समूह मध्ये कुन प्रदेश कसको पोल्टामा ?

काठमाडौं मंसिर २० ,
मंसिर २४ गतेदेखि काठमाडौंमा शुरु हुने नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्र्तगत शनिवार सम्मपन्न मुलुको ७ प्रदेश मध्ये प्रदेश न २ वाहेक ६ वटा प्रदेशले नयाँ नेतृत्व पाएको छ । तर प्रदेश न २ मा देखिएको विवादका कारण प्रदेश न २ को निर्वाचन भने अन्योलमा परेको छ । यस प्रदेशको जिल्ला अधिवेशन केन्द्रीय महाधिवेशनपछि गर्ने निर्णय भएपनि प्रदेश अधिवेशन अन्योलमा परेको हो ।

यद्यपी केन्द्रीय निर्वाचन समितिले प्रदेश न २को भोटर लिष्ट प्रदेश २ मा पठाइसकिएको जनाउ दिदै त्यहााके पछिल्लो अवस्थाको विश्लेषण् सहित छ । प्रदेश २ कै निर्वाचन प्रमुखले नितिगत निर्णय गर्ने विया भएको जनाएको छ । यसवीचमा प्रदेश २मा मनाइने रामजानकी विवाह महोत्सवका कारण पनि प्रदेश २ को प्रदेश अधिवेशन महाधिवेशनपछि नै धकेलिने अनुमान गरिएको छ ।

यसैवीच प्रदेश न १मा संस्थापन समूह देउवा–सिटौला गठबन्धनका उम्मेदवार उद्धव थापाले वाजी मारेका छन । थापाले संस्थापन इतर समूहका गुरुराज घिमिरेलाई दुई मतले पराजित गरेको हो । घोषित मतपरिणाम अनुसार थापाले ८ सय ४४ र घिमिरेले ८ सय ४२ मत प्राप्त गरेको बुझिएको छ ।

त्यस्तै बाग्मती प्रदेशका सभापतिमा पनि संस्थापन समूहकै इन्द्रबहादुर बानियाँ निर्वाचित भएका छन । आइतबार साँझ सम्पन्न दोस्रो चरणको मत गणना अनुसार बानियाँ १०८५ मत प्राप्त गर्दैगर्दा संस्थापन इतर समूहका जगदिश्वर नरसिंह केसीले ९२७ मत प्राप्त गरेका थिए ।

त्यस्तै गण्डकी प्रदेश सभापति इतर समूहका  शुक्रराज शर्मा निर्वाचित भएका छन भने लुम्बिनी प्रदेश सभापतिमा संस्थापन इतर समूहका अमरसिंह पुन निर्वाचित भएका छन् । त्यस्तै कर्णली प्रदेशमा पनि संस्थापन समुहकै ललितजङ्ग शाही र सुदुरपश्चिम प्रदेशमा काँग्रेस केन्द्रीय सदस्य समेत रहेका संस्थापन समुहकै  वीरबहादुर बलायर निर्वाचित भएका छन ।