काठमाडौं मंसिर १९,
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले २०५ जना कोरोना संक्रमित थपिएका छन्। देशभर गरिएको ७ हजार ९९५ पीसीआर र २ हजार ७५२ जनाको एन्टीजेन परीक्षणका क्रममा २०५ जनामा संक्रमण पुष्टि भएको हो
त्यस्तै मन्त्रालयले यसवीचमा पछिल्लो २४ घण्टामा ४३६ जना कोभिड मुक्त भएको जनाउदै सोही अवधिमा १ जना सङ्क्रमितको मृत्यु भएको पुष्टि गरेको छ। आज पुष्टि भएको मृतकसंगै मुलुकम संक्रमणबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ५४१ पुगेको छ ।
त्यस्तै देशभर हालसम्म छ हजार ५०७ जना सक्रिय सङ्क्रमित रहेको त्यसमध्ये १०७ जना आइसीयू र २८ जनाको भेन्टिलेटरमा उपचार भइरहेको जनाएको छ ।