बिहिबार, बैशाख २०, २०८१

सातै प्रदेशको उम्मेदवार चयन गर्न काँग्रेस संस्थापन इतर समूहको बैठक बस्दै

३३० मध्ये ३२२ प्रदेशसभा निर्वाचन क्षेत्रको अधिवेशन सम्पन्न

काठमाडौं मंसिर १५,
नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत मंसिर १६ गते बाट शुरु हुने सातै प्रदेश सभापतिको उम्मेदवार संस्थापन इतर समूहका बैठक बस्दै गरेको थाह भएको छ।

कांग्रेस महामन्त्री डा शशांक कोइरालाको निवासमा वरिष्ठ नेता रामचन्द्र पौडेल, प्रकाशमान सिंह, अर्जुन नरसिंह केसी, डा। रामशरण महत लगायतका नेताहरुवीचको आजको बैठकले प्रदेश सभापतिको लागि आकंक्षी भनिएका नेताहरुको विषयमा छलफल सहित उम्मेदवारको पहिचान गर्ने तयारी संस्थापन इतर समूहको रहेको बुझिएको छ।

स्मरण रहोस प्रदेशसभाका लागि मंसिर १६ गते बिहान १० बजे प्रदेश निर्वाचनको मतदाता नामावली प्रकाशन, मंसिर १७ गते मनोनयन दर्ता र १८ गते बिहान ८ बजेदेखि मतदान गर्ने कार्यक्रम केन्द्रीय निर्वाचन समितिले तय गरेको छ ।

 

३३० प्रदेशसभा निर्वाचन मध्ये ३२२ प्रदेशसभा निर्वाचन क्षेत्रको अधिवेशन सम्पन्न
सातै प्रदेशको उम्मेदवार चयन गर्न काँग्रेस संस्थापन इतर समूहको बैठक बस्दै
काठमाडौं मंसिर १५,
नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत मंसिर १६ गते बाट शुरु हुने सातै प्रदेश सभापतिको उम्मेदवार संस्थापन इतर समूहका बैठक बस्दै गरेको थाा भएकोछ ।

कांग्रेस महामन्त्री डा शशांक कोइरालाको निवासमा वरिष्ठ नेता रामचन्द्र पौडेल, प्रकाशमान सिंह, अर्जुन नरसिंह केसी, डा। रामशरण महत लगायतका नेताहरुवीचको आजको बैठकले प्रदेश सभापतिको लागि आकंक्षी भनिएका नेताहरुको विषयमा छलफल सहित उम्मेदवारको पहिचान गर्ने तयारी संस्थापन इतर समूहको रहेको बुझिएको छ।

स्मरण रहोस प्रदेशसभाका लागि मंसिर १६ गते बिहान १० बजे प्रदेश निर्वाचनको मतदाता नामावली प्रकाशन, मंसिर १७ गते मनोनयन दर्ता र १८ गते बिहान ८ बजेदेखि मतदान गर्ने कार्यक्रम केन्द्रीय निर्वाचन समितिले तय गरेको छ ।

यसैवीच ३३० प्रदेशसभा निर्वाचन क्षेत्र मध्ये नेपाली काँग्रेसको ३२२ प्रदेशसभा निर्वाचन क्षेत्रको अधिवेशन सम्पन्न भएको छ । काँग्रेस निर्वाचन समितिका अनुसार देशभर १६५ निर्वाचन क्षेत्रको ३३० प्रदेशसभा निर्वाचन क्षेत्र मध्ये १७ र १८ गते एकैसाथ सातै प्रदेशमा हुने प्रदेश अधिवेशन समपन्न गर्ने तयारी अनुरुप सर्लाहीको ४ निर्वाचन क्षेत्रको आठ प्रदेशसभा अधिवेशन पनि आजै सम्पन्न गर्ने तयारी रहेको जनाउ दिएका छन ।