बिहिबार, चैत्र १५, २०८०

रसुवा काँग्रेसमा तामाङ सर्वसम्मत

काठमाडौं मंसिर १५,
नेपाली कांग्रेसको रसुवा जिल्ला सभापतिमा पेम्बाछिरिङ तामाङ सर्वसम्मत चयन भएका छन् । मंगलबार सम्पन्न जिल्ला अधिवेशनबाट संस्थापन समूह निकटका तामाङ सभापति पदमा पुनः दोहोरिएका हुन् ।

१४औं महाधिवेशनअन्तर्गत भएको जिल्ला अधिवेशनबाट सभापतिसहित कार्यसमिति सर्वसम्मत चयन भएको निर्वाचन समितिले जनाएको छ । निर्वाचन समितिका अनुसार उपसभापतिमा ओमप्रसाद आचार्य र फुर्वावाङ्दी तामाङ चयन भएका छन् भने सचिवमा उत्तम थापा र लक्ष्मण देवकोटा सर्वसम्मत भएका हुन ।

त्यस्तै दुई सहसचिव पदमा पासाङ तितुङ र लक्षिन छिरिङ तितुङ चयन भएको समाचार प्राप्त् भएको छ । त्यस्तै प्रदेश सभाअन्तर्गत दुई वटै प्रदेश सभा निर्वाचन क्षेत्रबाट पनि सर्वसम्मत महाधिवेशन प्रतिनिधि चयन भएको निर्वाचन समितिले जनाएको छ ।