मङ्लबार, चैत्र ६, २०८०

राष्ट्रपति भण्डारीले जारी गरिन् ६ अध्यादेश

काठमाडौं मंसिर १५,
राष्ट्रपति विद्यादेवी भण्डारीले ६ वटा अध्यादेश जारी गरेकी छन् ।मन्त्रिपरिषद्को सिफारिसमा संविधानको धारा ११४ को उपधारा ९१० बमोजिम बुधबार जारी अध्यादेशमा क्रमस यौन हिंसाविरूद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश, फौजदारी कसूर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐनलाई संशोधन गर्ने अध्यादेश, नेपाल प्रहरी र प्रदेश प्रहरी [कार्य सञ्चालन, सुपरीवेक्षण र समन्वय] [पहिलो संशोधन] अध्यादेश रहेका छन ।

त्यस्तै तेजाब तथा अन्य घातक रासायनिक पदार्थ ९नियमन० अध्यादेश, सामाजिक सुरक्षा [पहिलो संशोधन] अध्यादेश र रेल्वे अध्यादेश, २०७८ रहेको राष्ट्रपति कार्यालयको विज्ञप्तिमा उल्लेख छ।