बिहिबार, बैशाख २०, २०८१

उपत्यकाका १५३ सहित देशभर ३१७ जनामा कोभिड संक्रमण , ६ को मृत्यु

काठमाडौं कात्तिक २५,
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकाका १५३ सहित देशभर ३१७ जनामा कोभिड संक्रमण पुष्टि भएको जनाएके छ । मन्त्रालयका अनुसार देशभर गरिएको ९ हजार ६०९ पीसीआर र ३ हजार ४४ जनाको एन्टीजेन परीक्षणको क्रममा उल्लेखि सख्यामा संक्रमित पुष्टि भएको जनाएको छ ।

त्यस्तै मन्त्रालयले आज पुष्टि भएका संक्रमित संगै नेपालमा कुल संक्रमितको संख्या ८ लाख १६ हजार ६० जना पुगेको जानकारी दिएको छ। त्यस्तै यसवीचमा २७९ जना संक्रमित उपचार पछि डिस्चार्ज भएको जनाएको छ भने यसवीचमा ६ जना संक्रमितको मृत्यु भएको जनाएको छ।

साथै पछिल्लो समय १८८ जनाको आइसीयू र ५४ जना भेन्टिलेटरमा उपचा भइरहेको जानकारी सहित उपत्यकाको हकमा भने काठमाडौंमा ११०, ललितपुरमा ३६ र भक्तपुरमा ७ जना संक्रमित वितेको २४ घण्टामा पहिचान भएको जानकारी दिएको छ।