मङ्लबार, बैशाख ४, २०८१

पेट्रोलियम पदार्थ र खाद्यान्नमा भएको मूल्यवृद्धिको विरोधमा नेपाल बन्दको घोषणा

काठमाडौं कात्तिक २५,
पटक – पटकको पेट्रोलियम पदार्थ र खाद्यान्नमा भएको मूल्यवृद्धिको विरोधमा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले कात्तिक ३० गते नेपाल बन्दसहितको आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ । नेकपामा महासचिव विप्लवले आज एक विज्ञप्ति जारी गरेर नेपाद बन्दसहितको आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको हो ।

घोषित आन्दोलनका कार्यक्रमअनुसार कात्तिक २५ गते अपरान्ह ३ बजे देशव्यापी विरोध प्रदर्शन, कात्तिक २६ गते प्रचार प्रसार र साँझ मसाल जुलुस, कात्तिक २७ गते दिउँसो १ देखि २ बजेसम्म देशव्यापी प्रदर्शन, कात्तिक २८ गते बिहान १० देखि ११ बजेसम्म १ घन्टा चक्काजाम र कात्तिक २९ गते दिउँसो सिट्टी जुलुस र साँझ मसाल जुलुस र कात्तिक ३० गते नेपाल बन्दको घोषणा गरिएको जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

त्यस्तै इन्धनमा भएको सार्वजनिक यातायातसहित ढुवानी गरिने सम्पूर्ण सरसामानहरूमा मूल्यवृद्धि हुने र यसबाट नेपाली उपभोक्ता मारमा पर्नेछन् । हाम्रो पार्टी जनसरोकारको यो अन्यायपूर्ण उत्पीडनलाई मुकदर्शक भएर हेरिरहन सक्दैन । तसर्थ सम्पूर्ण मूल्यवृद्धिका विरुद्ध सशक्त प्रतिरोध सङ्घर्षमा उत्रन पार्टीका सबै जनवर्गीय सङ्गठन र समस्त जनसमुदायमा हार्दिक अपिल गर्दछ’, विज्ञप्तिमा उल्लेख गरिएको छ ।

स्मरण रहोस यसअघि गरिएको मूल्य वृद्धिको एक साता पनि नवित्दै पछिल्लो पटक सरकाले सरकाले बुधवार पेट्रोल, डिजेल, मट्टितेलमा प्रतिलिटर तीन रुपैयाँ, आन्तरिक तथा बाह्य हवाई इन्धनमा प्रतिलिटर पाँच रुपैयाँ र खाना पकाउने एलपी ग्यासमा ७५ रुपैयाँका हिसाबले मूल्य वृद्धिको सूचना सार्वजनिक गरेको थियो ।