बिहिबार, बैशाख २०, २०८१

देशभर ५५७ जनामा कोभिड संक्रमण, ३को मृत्यु

काठमाडौं कात्तिक ७,
पछिल्लो २४ घण्टामा देशभर ५५७ जनामा कोभिड संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

देशभरका विभिन्न प्रयोगशालामा ६ हजार ६१ जनाको पिसिआर परीक्षणको क्रममा ५२२ जनामा र १ हजार ५६४ जनाको एन्टीजेन परीक्षण गर्दा ३५ जना गरि उल्लेखित सख्यामा संक्रमित पुष्टि भएको हो।

त्यस्तै आज देशभर ८७७ संक्रमित उपचार पछि डिस्चार्ज भएका छन् भने यसवीचमा ३ जना संक्रमितको मृत्यु भएको छ।साथै देशभर १० हजार २०१ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।