बिहिबार, बैशाख २०, २०८१

आज राष्ट्रिय पर्व इन्द्रजात्राकोअन्तिम दिन नानिचया जात्रा मनाइदै

फाइल फोटो

काठमाडौं असोज ८,
उपत्यकाको ऐतिहासिक इन्द्रजात्राका अन्तिम दिन आज जीवित देवी कुमारीको रथ महिलाहरुले तान्दै नानिचया जात्रा गरिने भएको छ। नानिचया जात्रा अन्र्तगत आज साँझ प्याफल, नरदेवी, किलागल, भेडासिंह, इन्द्रचोक हुँदै पुनः कुमारी घर सम्म श्री कुमारी, गणेश र भैरवसहितको रथयात्रा गरिनेछ ।

रथयात्रा पछि राष्ट्राध्यक्षले कुमारीको हातबाट टीकाग्रहण गर्ने परम्परा रहिआएको र यसक्रममा राष्ट्रपति विद्या देवी भण्डारीलाई श्री कुमारीको हातबाट टीका लगाउन कुमारी घर आउने कार्यक्रम रहेको छ ।

त्यस्तै श्री कुमारीको हातबाट टिका लगाउने राज परम्परा अनुरुप पूर्व राजा ज्ञानेन्द्र शाह समेत बसन्तपुर दरवार स्थित कुमारी घर आउने कार्यक्रम रहेको बुझिएको छ । त्यसअघि  हनुमानढोकामा ठड्याइएको इन्द्र ध्वजारोहण गरिएको लिंगो आज वेलुकाको शुभ साइतमा ढालेर यस वर्षको इन्द्रजात्रा समापन गरिने भएको छ ।