बुधबार, बैशाख १२, २०८१

संङ्ग्रहालयमा राखिएको श्रीपेच चोर्न खोज्ने खिमबहादुर सेनाको नियन्त्रणमा

काठमाडौं असोज ८,
नारायणहिटी दरबार संङ्ग्रहालयमा राखिएको श्रीपेज चोर्न खोज्ने एक जनालाई नेपाली सेनाले पक्राउ गरेको छ।

शुक्रबार बिहान संङ्ग्रहालय अवलोकन गर्न आएका खिमबहादुर घर्तीले सिसा फुटाएर श्रीपेज निकाल्ने प्रयास गरेसंगै सुरक्षार्थ रहेका सुरक्षाकर्मीले नियन्त्रणमा लिएको सङ्ग्रहालयका कार्यकारी निर्देशक भेषनारायण दाहालले  जानकारी दिदै  यससम्बन्धमा थप अनुसन्धान थालिएको बताए ।