बिहिबार, बैशाख ६, २०८१

देशभर १ हजार ४७६ जनामा कोभिड संक्रमण पुष्टि , ९को मृत्यु

काठमाडौं असोज ८,
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा देशभर १ हजार ४७६ जनामा कोभिड संक्रमण पुष्टि भएको जनाएके छ। मन्त्रालयले देशभरका प्रयोगशालामा १५ हजार ६९० जनाको पिसिआर र एन्टीजेन परीक्षणको क्रममा उल्लेखित सख्यामा संक्रमण पुष्टि भएको जनाएको छ ।

त्यस्तै यसवीचमा १ हजार ५५० जना संक्रमित निको भई डिस्चार्ज भएको जनाउदै वितेको २४ घण्टामा ९ जना संक्रमितको मृत्यु भएको जाकारी दिएको छ।

साथै देशभर २० हजार २८७ जना सक्रिय संक्रमित रहेको र यसमध्ये ३४६ जना आइसियुमा र १०५ जनाको भेन्टिलेटरमा उपचार भईरहेको जनाएको छ।