शनिबार, बैशाख २२, २०८१

वितेको २४ घण्टामा ७३४ जनामा संक्रमण पुष्टि , १० को मृत्यु

काठमाडौं असोज ३ ,
वितेको २४ घण्टामा देशभर ७३४ जनामा कोभिड संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। देशभरका प्रयोगशालामा गरिएको १० हजार १३ जनाको पिसिआर र एन्टीजेन परीक्षणको क्रममा ७३४ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

त्यस्तै यसवीचमा १ हजार ४१३ जना संक्रमित निको भई डिस्चार्ज भएको जनाउदै मन्त्रालयले वितेको २४ घण्टामा १० जना संक्रमितको मृत्यु भएको जानकारी दिएको छ।  साथै देशभर २४ हजार ३१३ जनामा कोभिडको सक्रिय संक्रमण रहेको जनाउदै तीमध्ये ३९० जनाको आइसियुमा र ११७ जनाको भेन्टिलेटरमा उपचार भईरहेको जनाएको छ।