शुक्रबार, चैत्र १६, २०८०

एक पटक राष्ट्रपति,दुई पटक प्रधानमन्त्री, ३ पटक भन्दाबढि मन्त्रीको शपथ लिन नपाउने व्यवस्था गरौं नेता विश्वप्रकाश

नेता शर्माको राजनीतिमा परिवर्तन शीर्षकको अवधारणापत्र

काठमाडौं असोज ३ ,
नेपाली कांग्रेसको आसन्न् १४ औ महाधिवेशनमा महामन्त्रीमा उम्मेदवारी घोषणा गरेका काँग्रेस पार्टीका प्रवक्ता एमव् युवा नेता विश्वप्रकाश शर्माले गृह जिल्ला झापामा ‘ अब राजनीतिमा परिवर्तन शीर्षकको अवधारणापत्र सार्वजनिक गर्नुभएको छ ।

नेता शर्माले सार्वजनिक गर्नु भएको उक्त अवधारण पत्रमा मुलत मुलुकको राष्ट्रपतिमा एक पटक र प्रधानमन्त्री दुई पटक भन्दा बढी हुन नपाइने व्यवस्था गर्न प्रस्ताव गर्नुभएको छ।

नेता शर्माको उक्त अवधारणा पत्रमा निकै मार्मिक रुपमा शासकीय पदमा आगमन र बहिर्गमनको भिन्न प्रणाली निर्माणका लागि वान, टु, थ्री, फोरको नारा दिँदै उनले एक पटक राष्ट्रपति, दुई पटक प्रधानमन्त्री, तीन पटक मन्त्री र चार पटक भन्दा सांसदको शपथ लिन नपाउने प्रस्ताव गर्नु पर्ने आवश्यकता औल्याइएकोछ ।

त्यस्तै उहाँले हाम्रो राजनीतिको छविप्रति उब्जिएको प्रश्न र विकर्षणलाई सूत्रवद्ध गर्दै तिनको समयोचित हल साझा ढंगले पहिल्यानुको विक्लप नभएको भन्दै संविधान बनाउनेले संविधानप्रति इमान राख्नुपर्ने र विमति राख्नेले पनि संविधानसभाको सम्मान गर्नुपर्ने बताउनुभयो ।