शुक्रबार, चैत्र १६, २०८०

आज उपत्यकामा राष्ट्रिय पर्व इन्द्रजात्रा पर्व मनाइँदै

फाइल फोटो

काठमाडौं असोज ३ ,
उपत्यकामा राष्ट्रिय पर्व इन्द्रजात्रा पर्व मनाइँदै छ । हरेक वर्ष भाद्र शुक्ल चतुर्दशीका दिन पर्ने यो पर्व काठमाडौँ, ललितपुर, भक्तपुरलगायत स्थानमा मनाउने प्रचलन छ । भाद्र शुक्ल द्वादशीका दिन हनुमानढोका अगाडी   विधिपूर्वक इन्द्र्रध्वजासहितको लिङ्गो ठड्याइएपछि प्रारम्भ हुने  इन्द्रजात्रा  विभिन्न प्रकारका नाचगान, रथयात्रा र देवीदेवताको पूजाआजा गरी आठ दिनसम्म मनाइने गरिन्छ ।  जात्राका क्रममा आज श्रीकुमारी श्री गणेश र श्री भरवको रथयात्रा समेत गरिन्छ । त्यस अवसरमा आज हनुमानढोका दरवार परिसरमा राष्ट्रप्रमुख , प्रधानमन्त्री मन्त्रीगण, कुटनिटीक नियोगका प्रमुख लगायतका उच्चपदस्थ व्यक्ति संगै  सर्वसाधारणहरुको उपस्थिती रहने गर्दछ ।

इन्द्रध्वजाको लिङ्गो ठड्याएसैगै शुरु भएको जात्राभरि भक्कुनाच, महाकालीनाच, लाखेनाच, दशअवतार तथा देवराज इन्द्रको वाहन ऐरावत हात्तीको प्रतीकका रूपमा पुलुकिसी नाच नचाउने गरिन्छ ।

इन्द्रजात्राको प्रसंगमा प्राप्त किंवदन्तीअनुसार आफ्नी आमालाई बसुन्धराको व्रतनिम्ति पूजा सजाउन स्वर्गलोकका राजा इन्द्र् काठमाडौँ आएर पारिजातको फूल टिप्न लाग्दा तिनलाई उपत्यकावासीले चोर भनी नियन्त्रणमा लिएर डोरीले पाताकसी बीच सडकमै जात्रा गरेको दिनका रूपमा इन्द्र्रजात्रा मनाउने गरिन्छ । इन्द्रलाई बन्धनबाट मुक्त गराउन इन्द्रकी आमा पुरन्दर हात्तिमा आएर कुइरो सिर्जना गरी लुकाएर काठमाडौको दहचोकस्थित इन्द्र दहमा लगी स्नान गराएको प्रसंग जोडिएको पाइन्छ । इन्द्रजात्राको अवसरमा काठमाडौँ उपत्यकामा सार्वजनिक बिदा समेत दिएको छ ।