बिहिबार, बैशाख २०, २०८१

१ हजार ४८६ जनामा कोभिड संक्रमण पुष्टि, १६को मृत्यु

काठमाडौं भाद्र २८,

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा देशभर १ हजार ४८६ जनामा कोभिड संक्रमण पुष्टि भएको जनाएको छ। मन्त्रालयका अनुसार पछिल्लो देशभरका प्रयोगशालामा गरिएको १६ हजार ५३९ जनाको पिसिआर र एन्टीजेन परीक्षण गर्ने क्रममा उल्लेखित सख्यामा संक्रमितको पहिचान भएको जनाएको छ ।

त्यस्तै मन्त्रालयले वितेको २४ घण्टामा १ हजार २६० जना संक्रमित निको भई डिस्चार्ज भएको जनाएको छ भने १६ जना संक्रमितको मृत्यु जानकारी दिएको छ ।

देशभर २६ हजार ६३० जना सक्रिय संक्रमित रहेको जानकारी दिदै  प्राप्त पछिल्लो डेटा अनुसार ४७५ जना आइसियुमा र १३४ जनाको भेन्टिलेटरमा उपचार भइरहेको जनाएको छ।