बिहिबार, बैशाख १३, २०८१

संसद गतिरोध अन्त्यका लागि सभामुख सापकोटाले डाकेको सर्वदलीय बैठक निष्कर्ष विहिन

 सभामुख सापकोटाले डाकेको सर्वदलीय बैठकमा प्रतिपक्ष दल एमाले  अनुपस्थित  

काठमाडौं भाद्र २८,

सभामुख अग्निप्रसाद सापकोटाले सोमबार संसदमा भएका दलका शीर्ष नेताहरु उपस्थितीमा आव्हान गर्नुभएको सर्वदलिय बैठकका सहभागी दलका नेताहरुले सदनमा नेकपा एमाले सिर्जा गर्दै आइरहेको गतिरोध अन्त्यका लागि प्रमुख प्रतिपक्षी नेकपा एमालेलाई सम्वादमा ल्याउन सभामुखलाई सुझाव दिएका छन् ।

सर्वदलिय बैटकमा नेकपा एमालेका नेताहरु उपस्थित नभएसंगै बैठकले त्यास्तो कुनै नितिगत निष्कर्षको पहिचान गर्न नसकेपनि उपस्थित अन्य दलका नेताहरुले ‘जोसँग सम्बन्धित भइ बैठक वोलाइएको हो त्यो दलनै बैठकमा अनुपस्थित भएपछि कुनै निष्कर्षमा पुग्न नसकिने जनाउ दिदै पहिले प्रतिपक्ष दल एमालेलाइ सम्वादमा ल्याएर सर्वदलीय बैठक बोलाउन आग्रह गरेको बताइएकोछ ।

यद्यपी सभामुख सापकोटाले आजको बैठकमा एमालेका उपस्थितीका लागि आफूले विहानसम्म पनि प्रयास गरेको, तर सम्भव नभएको बताउनुभयो । त्यस्तै बैठकमा सहभागीकानूनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले पनि आफुले पनि बैठकमा आउन एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङसँग भन्दै गर्दा दलका नेता एवम् पार्टी अध्यक्ष केपप् ओलीले सभामुखले आव्हान गरेको बैठकमा नजान भनेका कारण आउन नसक्ने उनले अभिव्यक्ति दिएको बताउनुभएको बुझिएको छ ।