मङ्लबार, बैशाख २५, २०८१

गृहको विज्ञप्तिप्रति महासंघको गम्भीर असहमति

काठमाडौं भाद्र २२,
गृह मन्त्रालयले मुलुकको संविधान प्रदत अभिव्यक्ति स्वतन्त्रतामाथि ठाडो प्रहार गर्दै केहि दिन अघि जारी विज्ञप्ति प्रति नेपाल पत्रकार महासंघले गमभीर असहमति प्रकट गरेको छ ।

महासंघका महासचिव रोशन पुरीले आज एक विज्ञप्ति जारी गर्दै प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाईसमेत नियन्त्रण गर्ने उद्देश्यबाट प्रेरित हुँदै गृह मन्त्रालयले गत भाद्र १८ गते र २० गते जारी बेग्लाबेग्लै विज्ञप्ति नागरिकको अभिव्यक्ति स्वतन्त्रता प्रत्याभूत गरेको नेपालको संविधानको मूल मर्म र भावनाविपरीत भएको भन्दै महासंघले जारी दुवै विज्ञप्ति प्रति गम्भीर असहमति प्रकट गरेको हो ।

त्यस्तै महासंघले जारी विज्ञप्तिमा मित्र राष्ट्रसँगको सम्बन्धको विषयमा के लेख्ने र के नलेख्ने भन्ने कुरामा नेपाली प्रेस गम्भीर रहेको जनाउ दिदै सरकारले यो वा त्यो वहानामा संविधानले दिएको शान्तिपूर्ण आन्दोलन गर्न पाउने अधिकार र अभिव्यक्ति स्वतन्त्रता खोस्न खोज्नु किमार्थ स्वीकार्य नभएको जिकिर गरिएको छ।

साथै मन्त्रालयद्वारा जारी विज्ञप्ति प्रेसको संविधानप्रदत्त अधिकारलाई कुण्ठित बनाउने तथा नागरिकको स्वतन्त्रतापूर्वक भेला वा प्रदर्शन गर्न पाउने अधिकारलाई नियन्त्रण गर्ने नियत रहेकोले तत्काल सच्याउन महासंघ माग गर्दै महासंघ संविधानले सुनिश्चित गरेको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र नागरिकको संवैधानिक स्वतन्त्रताको सम्मान गर्न सरकारको गम्भीर ध्यानाकर्षण समेत गराएको छ।

 

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

September 2021
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
2728293031