मङ्लबार, बैशाख १८, २०८१

अमेरिका पठाइदिन्छु भन्दै ११ लाख ५० हजार ठगी गर्ने कार्की प्रहरी हिरासतमा

काठमाडौ  भाद्र १,
अमेरिका पठाईदिन्छु भन्दै नगद ११ लाख ५० हजार रुपैयाँ ठगी गरेको अभियोगमा काठमाडौं महानगरपालिका९३१ तिनकुने बस्ने ताप्लेजुङ फुङ्लिङ नगरपालिका ९ घर भएका ५९ वर्षीय लाल बहादुर कार्कीलाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।

पाँचथर तुम्बेवा गाउँपालिका९५ हाङ्गुम बस्ने ३० वर्षीय ध्रुव कुमार राईलाई भिजिट भिषामा दुबई हुँदै अमेरिका जान ४० लाख रुपैयाँ लाग्छ र अमेरिका पुगेपछि कोकाकोला कम्पनीमा मासिक ३ लाख रुपैयाँ तलब हुने जागिर लगाईदिन्छु भनी प्रलोभनमा पारी उक्त रकम ठगी गरी सम्पर्क विहीन भएको घटनामा संलग्न उनलाई महानगरीय अपराध महाशाखाले जिल्ला प्रहरी कार्यालय झापाको सहयोगमा झापाबाट पक्राउ गरेको हो ।

प्रहरीका अनुसार पक्राउ परेका अभियुक्त उपर आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग बुद्धनगर काठमाडौं पठाइएको जनाएको छ ।