मङ्लबार, बैशाख २५, २०८१

बढ्दो इन्धनको मूल्यवृद्धिविरूद्ध ५ विद्यार्थी संगठन आन्दोलित

काठमाडौं असार २७,
पेट्रोलियम पदार्थको मूल्यवृद्धिविरूद्ध ५ विद्यार्थी संगठनले आन्दोलन घोषणा गरेका छन्। आज संयुक्त रूपमा पत्रकार सम्मेलन गर्दै उनीहरूले मूल्यवृद्धि फिर्ता लिन ७२ घण्टे अल्टिमेटम दिए पनि पूरा नभएकोले थप आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका छन्।

असार २८ गते नेपाल आयल निगमका गाडी चल्न नदिने निर्णय भएको उनीहरूको भनाइ छ। यस्तै असार २९ गते पेट्रोलियम ढुवानी र विक्री गर्ने संगठनहरूलाई पेट्रोल पम्प र ट्याङ्कर सञ्चालन नगर्न अनुरोध गर्ने निर्णय भएको विज्ञप्तिमार्फत् विद्यार्थी संगठनहरूले जानकारी दिएका छन्।

असार ३० मा देशभरका सम्पूर्ण पेट्रोल पम्प र ट्याङ्कर बन्द गर्नेसमेत उनीहरूले घोषणा गरेका छन्। साथै उनीहरूले प्रतिनिधि सभा पुनर्स्थापना हुने विश्वास व्यक्त गरेका छन्।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु