बिहिबार, बैशाख २०, २०८१

जसपाको आधिकारिकता दाबी गर्दै पार्टी अध्यक्ष यादवसहितका नेतागण निर्वाचन आयोगमा

काठमाडौं असार ४ ,
जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव पक्ष पार्टीको आधिकारिकता दाबी गर्न आज निर्वाचन आयोगमा पुगेको छ ।

जसपाको ठाकुर र महतो पक्ष र यादव समूह वीच चुलिएको विवादले विभाजनको संघारमा पुगेको जसपाको पछिल्लो विवादको सवालमा आयोगको तर्फबाट जारी निर्णय प्रति विमति जनाउदै पार्टी अध्यक्ष यादव संघीय परिषद्का अध्यक्ष डा। बाबुराम भट्टराई, अशोक राई, राजेन्द्र श्रेष्ठ, लालबाबु राउतलगायत नेताहरु राजनीतिक दलसम्बन्धी ४३–४४ अनुसार आधिकारिकता दाबी गर्न आयोग पुगेको हो ।

यसअघि यादव समूहले ठाकुर पक्षका ४ जनालाई गरेको कारबाही र गरेको ठाकुर पक्षले अध्यक्ष यादवलाई गरेको कारबाहीको क्रममा प्रमाण्कि कागजात नपुगेको भन्दै आयोगले आधिकारिकता पुष्टि गर्ने थप कागजात मगाएको थियो ।