बिहिबार, बैशाख २०, २०८१

प्रदेश मातहतका जिल्ला शाखालाइ स्वास्थ्य सुरक्षा सामाग्री

काठमाडौं जेठ २५,
नेपाल पत्रकार महासंघ उपत्यका प्रदेश समितिले प्रदेश मातहतका जिल्ला शाखालाइ स्वास्थ्य सुरक्षा सामाग्री अन्र्तगत मास्क र फेस सिल्ड उपलब्ध गराएको छ ।

बढ्दो कोभिड संक्रमणको जोखिमसंगै आफ्नो पेशागत क्षेत्रमा जोखिम मोलेर क्रियाशील पत्रकारको प्रयोजनार्थ  DPS [दिनेश, प्रधुम्न र सविन] ग्रुपका संयोजन तेबेन्द्र रत्न शाक्यले र महासंघ उपत्यका प्रदेश समितिलाइ  ५ सय थान सर्जिकल मास्क र १ सय थान फेस सिल्ड उपलब्ध  गराएको  थियो ।

  प्राप्त  सुरक्षा सामाग्री उपलब्धताको   आधारमा  प्रदेश मातहतका  ३ वटै जिल्ला शाखा मध्ये    आज प्रदेश अध्यक्ष श्रीजन झाले काठमाडौं शाखाका अध्यक्ष सूर्य सुवेदी र ललितपुर जिल्लाका सचिव रामहरि कार्कीलाइ हस्तान्तरण गर्नुभएको हो ।