बिहिबार, बैशाख ६, २०८१

महानगरका खोप केन्द्रमा ज्येष्ठ नागरिकलाइ कोविड विरुद्ध चिनियाँ खोपको पहिलो मात्रा लगाउँदै

काठमाडौँ जेठ २५ /अनुप प्रधान

आजदेखि काठमाडौँ महानगरले ३२ वटा खोप केन्द्र मार्फत आज पूर्व घोषित कार्यक्रम अनुरुप  ६० वर्षका व्यक्तिलाई कोविड विरुद्धको चिनियाँ खोप भेरोसेलको पहिलो मात्रा लगाउदैछ ।

यसअघि कोविड विरुद्धको खोपको पहिलो मात्रा लगाउन छुटेका ६० देखि ६४ बर्ष उमेर समूहका व्यक्ति लक्षित प्रस्तुत अभियान अन्र्तगत भीड कम गराउन उमेर समूहअनुसार  छुट्टाछुट्टै दिन तोकेर   खोप दिने कार्यक्रम तय गरिएको महानगरले जनाएको छ । खोप अभियान आगामी २९ गते सम्म् सञ्चालन हुनेछ । 

साथै कोभिड संक्रमण भइसकेको भए १ महिना पूरा भएका संक्रमित समेतलाइ तोकेको दिनमा खोप लगाउन, सूचित गर्दै महानगरले निम्नानुसारको खोेप केन्द्रबाट खोपलागाउन आग्रह गरिएको छ।

वडा खोप केन्द्रको विवरण:

१. नन्दी रात्री स्कुल, नक्साल
२. वडा कार्यालय, लाजिम्पाट
३. वडा कार्यालय, महाराजगञ्ज कान्ति सांस्कृतिक केन्द्र
४. वडा कार्यालय, वालुवाटार
५. वडा कार्यालय, हाँडीगाउँ
६. महेन्द्र बौद्ध उच्च माध्यमिक विद्यालय, बौद्ध
७. वडा कार्यालय, मित्रपार्क, चावहिल
८. गोल्डेन लाइट पार्टी प्यालेस, जय बागेश्वरी
९. अनुपम फुडल्याण्ड, बत्तीस पुतली
१०. म्याक डोनाल्ड पार्टी प्यालेस, मध्यबानेश्वर
११. विश्व निकेटन उच्च माध्यमिक विद्यालय, त्रिपुरेश्वर
१२. बुद्ध माई अस्पताल, टेकु
१३. जनप्रभात माध्यमिक विद्यालय, कालीमाटी
१४. वडा कार्यालय, भुवनेश्वरी कलंकी
१५. भुइँखेल चौर, स्वयम्भू
१६. बहुउद्देश्यीय मार्सल आर्ट केन्द्र, जुडो हल, नयाँ बजार
१७. पब्लिक युथ क्याम्पस, धोवी चौर
१८. पुष्पलाल पार्क, विष्णुमती किनार
१९. वडा १९ कार्यालय परिसर,
२०. शान्ति निकुञ्ज माध्यमिक विद्यालय, भगवती बारी
२१. सामुदायिक सहरी स्वास्थ्य क्लिनिक, यंगाल
२२. वडा कार्यालय, टेवहाल
२३. नव आदर्श विद्यालय, बसन्तपुर
२४. इतुमबहाल, तारणीबहाल
२५. कन्या मन्दिर माध्यमिक विद्यालय, छत्रपाटी
२६. वडा कार्यालय परिसर, लैनचौर
२७. महावौद्ध चोक
२८. कार्यालय परिसर, सिटी मार्केट
२९. विजय स्मारक माध्यमिक विद्यालय, डिल्लीबजार
३०. सामुदायिक सहरी स्वास्थ्य क्लिनिक, ज्ञानेश्वर चोक
३१. इ. पि. यस. स्कूल, मीनभवन
३२. वडा कार्यालय परिसर,