शुक्रबार, चैत्र १६, २०८०

निषेधाज्ञा उल्लंघन गर्ने ५ सय ७७ जनालाई कारवाही

काठमाडौं जेठ २५
विभिन्न जिल्लामा लागू गरिएको निषेधाज्ञा कार्यान्वयनको सिलसिलामा पछिल्लो २४ घण्टामा निषेधाज्ञा उल्लंघन गर्ने ३ हजार १ सय ८० वटा सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । तीमध्ये ९ सय ७० वटा गाडी र २ हजार २ सय १० वटा मोटरसाइकल रहेको जनाएको छ ।

नयाँ भेरियन्ट सहितको कोभिड९१९ संक्रमणको रोकथाम तथा जोखिम न्यूनीकरणका लागि नेपाल प्रहरीद्वारा संचालित ‘तपाईंको मास्क खोई रु’ कार्यक्रम अन्तर्गत पछिल्लो २४ घण्टामा ५ सय ६५ जनालाई निशुल्क मास्क वितरण गरिएको जनाएकोछ ।

कोभिड १९ रोकथाम तथा नियन्त्रणका लागि स्थानीय प्रशासनद्वारा जारी गरिएको निषेधाज्ञा उल्लंघन गर्ने ५ सय ७७ जनालाई कोभिड९१९ सङ्कट व्यवस्थापन अध्यादेश, २०७८ बमोजिम कारवाही गर्दै ५९ हजार १ सय रुपैयाँ जरिवाना असुल गरिएको जनाएको छ।