बिहिबार, बैशाख २०, २०८१

देशभर ८ हजार ५९१ सङ्क्रमित थपिदै गर्दा ८हजार ८४८ जना संक्रमित कोभिड मुक्त

काठमाडौं जेठ ८,
पछिल्लो २४ घण्टामा १९ हजार ३५७ जनाको पीसीआर परीक्षण गरिएकोमा ८ हजार ५९१ सङ्क्रमित थपिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएकोछ ।

त्यस्तै आज थपिएका सङ्क्रमितसँगै नेपालमा कुल सङ्क्रमित ५ लाख नाघेको जनाउदै मन्त्रालयले वितेको २४ घण्टामा ८हजार ८४८ जना संक्रमित कोभिड मुक्त भएको जनाएको छ।

साथै मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १२९ सङ्क्रमितको मृत्यु भएको र योसंगै सङ्क्रमणबाट मृत्यु हनेको सख्या छ हजार १५३ पुगेको जानकारी दिएको छ ।