शुक्रबार, बैशाख ७, २०८१

संसद विघटन र निर्वाचन घोषणाको कदम, लोकतन्त्रलाई गम्भीर संकटमा पार्ने षडयन्त्र : महासंघ

जनतालाई संविधान प्रतिकूलको चुनाव नभएर अहिले महामारीबाट बच्न उपचार चाहिएको छ। अस्पतालमा बेड र अक्सिजन चाहिएको छ । यस्तो गम्भीर अवस्थामा जनताको उपचारमा ध्यान नदिएर सरकारले मध्यरातमा चुनावको सिफारिस गर्ने र सरकार बन्ने आधार हुँदाहुँदै राष्ट्रपतिबाट पछिल्लो दुई दिनमा चालिएका कदम संविधान र संसदीय लोकतान्त्रिक मान्यता विरुद्ध रहेको जनाउ

काठमाडौ जेठ ८,
नेपाल पत्रकार महासंघले राष्ट्रपतिको पछिल्लो कदमले संविधान र संसदको हुर्मत लिदै लोकतन्त्रलाई गम्भीर संकटमा पार्ने काम गरेको ठहर गरेको छ । महासंघका महासचिव रोसन पुरीले आज एक विज्ञप्ति जारी गर्दै संविधान बमोजिम बैकल्पिक सरकार बन्न सक्ने अवस्था विद्यमान रहँदा रहँदै मध्यरातमा प्रतिनिधिसभा विघटन गरेर निर्वाचन घोषणा गर्ने चालिएको जालझेलपूर्ण कदमले नेपालको परिवर्तनकारी आन्दोलनले प्राप्त गरेको संघीय लोकतान्त्रिक गणतन्त्रसहितका व्यवस्थाविरुद्धको प्रहार भएको जिकिर गरिएको छ।

जनतालाई संविधान प्रतिकूलको चुनाव नभएर अहिले महामारीबाट बच्न उपचार चाहिएको छ । अस्पतालमा बेड र अक्सिजन चाहिएको छ । यस्तो गम्भीर अवस्थामा जनताको उपचारमा ध्यान नदिएर सरकारले मध्यरातमा चुनावको सिफारिस गर्ने र सरकार बन्ने आधार हुँदाहुँदै राष्ट्रपतिबाट पछिल्लो दुई दिनमा चालिएका कदम संविधान र संसदीय लोकतान्त्रिक मान्यता विरुद्ध रहेको जनाउ सहित जारी विज्ञप्तिमा संविधानको धारा ७६ [३] अनुसार नियुक्त भएका प्रधानमन्त्रीले संविधानको अनिवार्य शर्तअनुसार प्रतिनिधिसभाबाट ३० दिनभित्र विश्वासको मत लिनुपर्नेमा २०७८ जेठ ६ गते साँझ राष्ट्रपतिबाट धारा ७६ [५] अनुसार नयाँ प्रधानमन्त्री नियुक्तिको प्रक्रिया थालिनु असंवैधानिक कदम भएको महासंघको यस अघिको अभिव्यक्ति रहेको उल्लेख गरिएको छ ।

त्यस्तै महासंघ संविधानमाथि निर्मम प्रहार हुँदा त्यो प्रहार रोक्नका लागि संविधानको संरक्षक मानिने राष्ट्रपति संस्थासंग आग्रह गर्नु आफ्नो दायित्व ठान्दछ । र, प्रेस तथा अभिव्यक्ति र नागरिक स्वतन्त्रताका पक्षधरहरु असंवैधानिक कदमका विपक्षमा दृढताकासाथ एक ठाउँमा उभिन र लोकतान्त्रिक मूल्य मान्यताको रक्षाका लागि सहकार्य गर्न विज्ञप्तिमार्फत सबैमा अपिल गर्दछ भनिएको छ ।

 

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु