मङ्लबार, बैशाख २५, २०८१

स्टासेफ नामक औषधिमा रेम्डिसिभिरको नक्कली स्टिकर टाँसेर विक्री गर्ने आलम र यादव पक्राउ

काठमाडौं बैशाख २५ ,
स्टासेफ नामक औषधिमा रेम्डिसिभिर औषधिको नक्कली स्टिकर टाँसेर बढी मुल्यमा विक्री गरेको अभियोगमा विराटनगर महानगरपालिका-१० अशोक चोक बस्ने २६ वर्षीय सोनु आलम र सोही महानगरपालिका-१६ रानी बस्ने २३ वर्षीय श्रवण कुमार यादवलाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।

आलमले सोही महानगरपालिका- ४ स्थित साथी मेडिकल औषधि पसलमा स्टासेफ नामक औषधिमा रेम्डिसिभिर औषधिको नक्कली स्टिकर टाँस गरी बढी मुल्य राखी विक्री गरिरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मोरङले पक्राउ गरेको हो । साथै उक्त औषधि पसलबाट स्टासेफ नामक औषधि ४ सिसि र रेम्डिसिभिर नामक औषधि १ सिसि समेत प्रहरीले बरामद गरेको जनाएको छ ।

प्रहरीका अनुसार पक्राउ परेका अभिय’क्तद्दयले ९० रुपैयाँमा स्टासेफ औषधि खरिद गरी ८ हजार रुपैयाँ सम्ममा विक्री गर्ने गरेको र उक्त औषधिमा टाँस्ने स्टीकर भारतको पटनाबाट आयात गनेृ गरेको जनाउन’को अलावा यस कार्यमा श्रवण कुमारको समेत संलग्न रहेको खुल्न आएपछि प्रहरीले उनलाई उनकै घरबाट पक्राउ गरेको हो ।

त्यस्तै प्रहरीले यादव ब्राउनसुगर खरिद विक्रीमा समेत संलग्न रहेको अनुसन्धानबाट खुल्न आएको जनाउदै उनीहरु उपर कालोबजार तथा केही अन्य सामाजिक अपराध तथा सजाय ऐन, २०३२ कसूर अन्तर्गत कारवाही प्रकृया अगाडि बढाइएको जनाएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु