बुधबार, बैशाख १९, २०८१

बुहारीलाई आगो लगाई फरार अभियुक्त ७ वर्षपछि पक्राउ

बाँके चैत १०,

जिल्ला प्रहरी कर्यालय बाँकेले २३ वर्षीया बुहारीलाई मट्टीतेल छर्कि आगो लगाई फरार अभियुक्त नरैनापुर गाउँपालिका २ बस्ने ७५ वर्षीय हनिफ शेष ढपालीलाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।

दाईजोको निहुँमा २०७० चैत २ गते बुहारीलाई मट्टीतेल छर्कि आगो लगाई ज्यान मार्ने उद्योग गरेको मुद्दामा फरार रहेका उनलाई ईलाका प्रहरी कार्यालय भगवानपुर बाँकेबाट खटिएको प्रहरीले सोही गाउँपालिका-१ सुईयामा लुकिछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।

हाल फरार रहेका पीडितका श्रीमान र सासुको खोजी गर्नुको साथै यस सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कर्यालय बाँकेले जनाएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु