बिहिबार, बैशाख १३, २०८१

सर्वोच्चको फैसलाविरुद्ध माओवादी केन्द्र पुनरावलोकनमा जाने

काठमाडौं चैत १० ,
नेपाल कम्युनिस्ट पार्टी नेकपाको एकता खारेज गर्ने फैसला पुनरवलोकनका लागि नेकपा माओवादी केन्द्रले निवेदन दिने भएको छ । सर्वोच्च अदालतले गत फागुन २३ नेकपा खारेज गर्दै एमाले र माओवादी केन्द्र ब्युँताउने सवालमा गरेको फैसलाको पुनरावलोकनका लागि सर्वोच्चमा निवेदन दिने तयारी गरेको हो ।

आज माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितका नेता र पूर्वमहान्यायाधिवक्ता मुक्ति प्रधान,शम्भु थापा, रामनारायण बिडारी, चण्डेश्वर श्रेष्ठ सहितका कानुन व्यवसायीहरुवीच भएको छलफल पछि यस्तो निर्णय गरेको हो ।

छलफलको क्रममा छलफलमा कानून व्यवसायीहरुले सर्वोच्चको फैसलाले माग दावी नगरेको प्रसंगलाइ नियतवस सम्बोधन गरिएको जनाउ दिदै ६० दिनभित्र पुनरावलोकनमा जान सुझाव दिएको बुझिएको छ।