बुधबार, बैशाख १२, २०८१

नेता जोशीको सिघ्र स्वास्थ्य लाभको कामना गर्दै महामृत्युजय जप र होमादी अर्चना गरिने

काठमाडौं चैत १०,
काठमाडौं महानगरपालिका वडा न .१९ ढोकाटोल स्थित बालगोपाल भजन सञ्चालन संस्थाले विहिवार वडा न १९का उज्ववल नक्षत्र एवम नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री नविन्द्रराज जोशीको स्वास्थ्य लाभको कामना गर्दै महामृत्युजय जप र होमादी अर्चना गर्ने भएको छ।
भजन सञ्चालन सस्थाको सोमवार बसेको कार्य समितिको  आकस्मिक बैठकले गत फागुन १४ गतेदेखि मस्तिष्कघात भएर गम्भीर अवस्थामा काठमाडौको नर्भिक अस्पतालमा उपचाररत नेता जोशीको सिघ्र स्वास्थ्य लाभको कामनाका लागि   यस्तो निर्णय गरेको जानकारी संस्थाका सहयोगी श्रीजन झाले बताउनुभयो ।

त्यस्तै महामृत्युजय जप र होमादी पूजाअर्चनामा सहभागी हुनका लागि स्थानीय, इच्छुक तथा सवै शुभ चिन्तकलाइ अनुरोध गरिएको संस्थाका उपाध्यक्ष गोपालमानन्धरले बताए ।