बिहिबार, बैशाख २०, २०८१

१०४ जना कोभिड सङ्क्रमित थपिदै गर्दा ६३ जना डिस्चार्ज

काठमार्डौ फागुन २६,
पछिल्लो २४ घण्टामा ३ हजार ४८८ जनाको पीसीआर परीक्षणको क्रममा नेपालमा १०४ जना कोभिड सङ्क्रमित थपिएका छन् । आज पुष्टि भएको संक्रमितसंगै नेपालमा कुल कोभिड सङ्क्रमितको संख्या २ लाख ७४ हजार ९७४ पुगेको  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

त्यस्ते मन्त्रालयले यसवीचमा ६३ जना सङ्क्रमित निको भएर डिस्चार्ज भएको जानकारीदिदै हालसम्म २ लाख ७१ हजार ५० जना सङ्क्रमित निको भएको जनाएकोछ ।

त्यस्तै मन्त्रालयले ९११ जनामा सङ्क्रमण सक्रिय रहेको वितेको २४ घण्टामा कसैको पनि मृत्यु नभएपनि हालसम्म सङ्क्रमणबाट ३हजार १२ जनाको मृत्यु भएको जनाएकोछ ।