शुक्रबार, चैत्र १६, २०८०

आज विभिन्न कार्यक्रम सहित सैनिक मञ्च टुँडिखेलमा सेना दिवस’ मनाइदै

काठमाडौ फागुन २७ ,
महाशिवरात्रिको दिनमा नेपाली सेनाले आज सेना दिवस’ मनाउदैँछ । सेना दिवसको अवसरमा सैनिक मञ्च टुँडिखेलमा राष्ट्रपति बिद्यादेवी भण्डारीको उपस्थितीमा विशेष कार्यक्रमको आयोजना गरिने तयारी नेपाली सेनाले गरेको छ ।
। सैनिक मञ्च टुँडिखेलमा आयोजना हुँने कार्यक्रममा शिवरात्रि परेड तथा तोप, बढाइँ, कवाज, आतसबाजीलगायत विविध कार्यक्रम हुने सैनिक मुख्यालले जनाएको छ।

नेपालको स्वतन्त्रता, भौगोलिक अखण्डता तथा सार्वभौमसत्ताको रक्षाका लागि इतिहासका विभिन्न कालखण्डमा नेपाली सेनाले उदाहरणीय र कीर्तिमानी काम सहित मानवाधिकारको विश्वव्यापी मान्यतालाई आत्मसात गर्दै राष्ट्रिय सुरक्षाको अलावा पछिल्ला वर्षहरुमा विपद् व्यवस्थापन र विकास निर्माणका कार्यमा समेत प्रमुख महत्वपूर्ण काम गर्दै आएको छ।