बिहिबार, बैशाख २०, २०८१

६६ जना सङ्क्रमित थपिए,५८ जना सङ्क्रमित डिस्चार्ज

काठमाडौ फागुन २३,
पछिल्लो २४ घण्टामा ४ हजार १०१ जनाको पीसीआर परीक्षणको क्रममा नेपालमा कोभिड भाइरसका ६६ जना सङ्क्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । त्यस्तै मन्त्रालयले आज थपिएका सङ्क्रमितसँगै नेपालमा कुल सङ्क्रमितको संख्या दुई लाख ७४ हजार ७२१ पुगेको जनाएको छ ।

साथै वितेको २४ घण्टामा ५८ जना सङ्क्रमित निको भएर डिस्चार्ज भएको जानकारी दिदै आज डिस्चार्ज भएका संक्रमितसंगै डिस्चार्ज हुनेको सख्या २ लाख ७० हजार ८८६ जना पुगेको जानकारी दिएकोछ ।

त्यस्तै ८२५ जनामा सङ्क्रमण सक्रिय रहेको, ५३ जना क्वारेन्टिनमा रहेको र पछिल्ला केही दिनदेखि कसैको पनि मृत्यु नभए पनि नेपालमा
सङ्क्रमणबाट ३ हजार १० पुगेको जानकारी दिएको छ।