मङ्लबार, बैशाख १८, २०८१

महासङ्घलाई सबै पत्रकारको साझा संस्था बनाउने गरी युनियनले नेतृत्व लिने : अध्यक्ष सिग्देल

काठमाडौं फागुन ९,

नेपाल पत्रकार महासङ्घको आसन्न निर्वाचनका सन्दर्भमा नेपाल प्रेस युनियन कास्कीद्वारा आज पोखरामा आयोजित छलफलमा युनियनका केन्द्रीय अध्यक्ष बद्री सिग्देलले नेपाल पत्रकार महासङ्घको आगामी निर्वाचनमा सबै सङ्गठनलाई मिलाएर लैजाने बताउनुभएको छ ।

नेकपा निकट पत्रकारका दुवै सङ्गठनले प्रेस संगठन नेपालले सहकार्यका लागि युनियनसँग छुट्टाछुट्टै प्रस्ताव गरेको भए पनि युनियनको भूमिका सबै पत्रकारलाई मिलाएर लैजाने पक्षमा केन्द्रीत रहेकाो जनाउ सहति आगामी परिस्थितिअनुसार निर्णय गरिने तयाी भइरहेको बताउनभएको
प्राप्त समाचारमा उल्लेख गरिएकोछ ।
त्यस्तै छलफलमा युनियनका महासचिव अजयबाबु शिवाकोटी, न्यूनतम पारिश्रमिक निर्धारण समितिका पूर्वअध्यक्ष गङ्गाधर पराजुली , कोषाध्यक्ष सरोज अधिकारी लगायतले सङ्गठनप्रति बफादारसँगै क्रियाशील पत्रकारलाई महासङ्घमा प्रतिनिधित्व गराउनुपर्नेमा जोड दिनुभयो ।

साथै द्धलफल मा वोल्ने अधिकांस सहाभागीले युनियनलाई एकताबद्ध बनाएर लैजान नेतृत्वलाई सुझाव दिएको उल्लेख गरिएको छ ।